Skip to content
LAXMI SUNRISE BANK

‘सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्नेछौँ’

अर्थ सरोकार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले सरकारलाई सघाउने पक्षेमा रहेको बताएका छन् । शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने बताएका हुन् ।

उनले भने, ‘सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सहयोग गर्छौँ । सरकाले गर्नु पर्ने काम त्यसलाई प्रतिपक्षमा रहेर सहयोग गर्ने छैँ । देशलाई सघाउने पक्षेमा रहेको छौँ ।’

राजनीति गर्ने मान्छेले सर्वोच्च पदमा पुग्ने उद्देश्य राख्नुपर्ने भएकाले भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अघि सारेको उनले बताए ।

उनले भने, ‘राजनीति गर्ने मान्छेले सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्छ, राख्नुपर्छ। यसलाई अन्यथा मान्नुभएन। पार्टीको अध्यक्ष भएको नाताले सबै अरूले पनि भनेको हो त्यसमा मैले पनि भनेँ त्यसमा ठुलो कुरा छ र जनताले जे निर्णय गर्नुभयो यसलाई हामीले सहर्ष स्विकार्नुपर्छ सम्मान गर्नुपर्छ ।’

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK