Skip to content
LAXMI SUNRISE BANK

अव लाइसेन्स र पासपोर्ट घरमै आउने !, दलालहरुको दोकान बन्द !

अर्थ सरोकार

काठमाडौँ । अव लाइसेन्स र पासपोर्ट घरमै आउने भएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै उपलब्ध गराउने योजना अघि सारेसँगै लाइसेन्स र पासपोर्टलगायत अत्यावश्यक सेवाहरू सबै घर-घरमै आउने भएको हो ।

शनिबार साँझ सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा पासपोर्ट, नागरिकता, सवारी चालक अनुमति पत्र (लाइसेन्स) जस्ता अत्यावश्यक सेवाहरू घरमै पुर्‍याउने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ ।

पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त योजना आगामी १०० दिनभित्र कार्यान्वयनमा ल्याउने सरकारले लक्ष्य राखेको छ ।

त्यस्तै, नागरिकलाई छिटो, सहज र बिचौलिया मुक्त सेवा उपलब्ध गराउन नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन गरिने भएको छ । नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था तत्काल लागू गर्ने उक्त कार्यसूचीमा उल्लेख छ ।

त्यसैगरी, वडास्तरबाट डिजिटल सिफारिस प्रणाली लागू गर्ने, राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय प्रणालीका रूपमा प्रयोग गर्ने तथा सबै सेवा प्रक्रियालाई फेसलेस, टाइम-बाउन्ड र ट्रयाकिङ योग्य बनाउने जनाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK