काठमाडौँ । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम अझै नलिएको पाइएपछि सम्बन्धित बचतपत्रधनीलाई यथाशीघ्र भुक्तानी लिन आह्वान गरेको छ । राष्ट्र बैंक अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रका धनीहरूलाई लक्षित गर्दै सूचना जारी गर्दै २०८१ जेठ मसान्तसम्म परिपक्व भएका तर भुक्तानी लिन बाँकी रहेका रकम तुरुन्त बुझ्न आग्रह गरेको हो ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशीघ्र सम्पर्क गरी भुक्तानी लिनुहुन अनुरोध छ ।’
राष्ट्र बैंकले लामो समयसम्म परिपक्व रकम दाबी नगरी राख्नु उपयुक्त नहुने उल्लेख गर्दै सम्बन्धित बचतपत्रधनी वा उनीहरूका आधिकारिक प्रतिनिधिलाई आवश्यक कागजातसहित मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।
नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र नेपाल सरकारद्वारा जारी गरिने सरकारी ऋण उपकरण हुन्, जसमार्फत सर्वसाधारण तथा विदेशमा कार्यरत नेपालीबाट आन्तरिक स्रोत परिचालन गरी विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्