Skip to content
LAXMI SUNRISE BANK

मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने !

अर्थ सरोकार

काठमाडौं । मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिनसम्म रातको समयमा बन्द हुने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण रातको समयमा सडकखण्ड बन्द गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिएका छन् ।

थिङले आजदेखि तीन दिनसम्म राति १० बजे देखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक स्तरोन्नतिको काम तीव्र रुपमा गर्ने जानकारी दिएका हुन् ।

उनले भने,‘अहिले चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेको छ । त्यही कारणले आज देखि तीन दिनसम्म राति १० बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरेर तीव्र रुपमा काम अगाडि बढाउन लागेका हौं ।’

त्यस्तै, पटक-पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको पनि उनले जानकारी दिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK