Skip to content
LAXMI SUNRISE BANK

सिएको टोलीले अर्थमन्त्रीलाई बुझायो गोरखाली टायरको डीडीए रिपोर्ट

अर्थ सरोकार

काठमाडौं । डाक्टर स्वर्णिम वाग्ले समक्ष गोरखकाली रबर उद्योग लिमिटेड को ड्यू डिलिजेन्स अडिट (डिडिए) प्रतिवेदन प्रस्तुत गरिएको छ।

सरकारले लामो समयदेखि बन्द वा घाटामा सञ्चालन भइरहेका सार्वजनिक उद्योगहरूको अवस्था मूल्यांकन तथा व्यवस्थापनका लागि ड्यू डिलिजेन्स अडिट (डिडिए) प्रक्रिया अघि बढाएको सन्दर्भमा गोरखकाली रबर उद्योगसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरिएको हो।

प्रस्तुत प्रतिवेदनमा उद्योगको वित्तीय अवस्था, सम्पत्ति मूल्यांकन, सञ्चालन सम्भाव्यता, तथा पुनर्संरचना वा निजीकरणको विकल्पबारे विश्लेषण गरिएको बताइएको छ ।

गोरखकाली रबर उद्योग नेपालकै एकमात्र टायर उत्पादन गर्ने सरकारी उद्योग भए पनि कच्चा पदार्थ अभाव, वित्तीय संकट र व्यवस्थापन समस्याका कारण विगतमा पटक–पटक बन्द हुँदै आएको छ।

अर्थमन्त्री वाग्लेले यस्ता घाटामा रहेका सार्वजनिक संस्थानहरूको सुधार, पुनर्संरचना वा आवश्यक परे निजी क्षेत्रसँग सहकार्य गर्ने नीति लिने संकेत दिँदै आएका छन्।

सरकारले गोरखकाली रबर उद्योगसहित अन्य निष्क्रिय तथा घाटामा रहेका संस्थानहरूको व्यवस्थापनका लागि डिडिए प्रतिवेदनका आधारमा आगामी निर्णय लिने तयारी गरेको बताइएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK