Skip to content
LAXMI SUNRISE BANK

जेलमा रहेका व्यक्तिलाई छुटाईदिने भन्दै लाखौँ ठग्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । जेलमा रहेका व्यक्तिलाई छुटाईदिने भन्दै लाखौँ ठग्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका हुन् ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी हाल सुनधारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन् ।

उनीहरुले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै सेटिङ मिलाएर धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए । उनले धरौटी रकम र वकिलको बहस खर्च भन्दै पीडित पक्षलाई मिठु मगरको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए ।

रकम प्राप्त गरेपछि पनि काम नभएको र ठगी गरेको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई मण्डिखाटारबाट नियन्त्रणमा लिएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK