Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य बढेको बढ्यै, तोलाको २ लाख ९७ हजार ६ सय

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला ४९४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५५ हजार १ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४२३९.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK