×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, १० प्रतिशत ब्याज पाइने

PRIME CA

प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, १० प्रतिशत ब्याज पाइने

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र आजदेखि बिक्री खुल्ला भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि, सामूहिक लगानीका लागि ४० हजार कित्ता छुट्याएको छ भने बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बिक्री गर्ने जनाएको छ । 
बैंकले जारी गर्ने ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले ८ वर्ष अवधिको ‘१०% प्रभु बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । बैंकको यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाइ नियुक्त गरिएको छ । बैंकको ऋणपत्रमा छिटोमा साउन २३ गते सम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा बिक्री नभएमा भने भदौ १ गतेसम्म भर्न सकिनेछ । 
सो ऋणपत्रलाई रेटिङ एजेन्सी केएर नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । ऋणपत्रमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: