काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार छिर्ने सर्वसाधारणको समस्या अझै समाधान हुन सकेको छैन । सरकार परिवर्तन भइसके पनि गेटमा हुने झन्झट र लामो लाइनको समस्या भने यथावत् रहेको छ । ‘डिजिटल नेपाल’ र ‘पेपरलेस प्रशासन’को नारा दिएर सुरु गरिएको क्युआर कोड गेट पास प्रणाली व्यवहारमा प्रभावकारी बन्न नसकेको गुनासो सेवाग्राहीहरूले गरेका छन् ।
सिंहदरबार प्रवेशलाई सहज बनाउन भन्दै नागरिक एपबाट क्युआअर कोडमार्फत पास लिने व्यवस्था सुरु गरिएको थियो । तर गेटमा पुग्दा अझै पनि पुरानै प्रक्रिया दोहोरिनु पर्ने अवस्था रहेको सेवाग्राहीहरू बताउँछन् । सुरक्षाकर्मी तथा कर्मचारीको कार्यशैली परिवर्तन नहुँदा अनलाइन प्रणालीले अपेक्षित सहजता दिन नसकेको उनीहरूको भनाइ छ ।
सिंहदरबारभित्र अस्थायी, करार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरूलाई भने झन् बढी सास्ती भएको बताइन्छ । पास नवीकरण गर्नकै लागि लामो समय लाइन बस्नुपर्ने, काम सकिँदा पनि पास नपाउने जस्ता समस्या उनीहरूले भोग्दै आएका छन्। दिनभर काम गर्ने मजदुरहरूका लागि सिंहदरबारको गेट पार गर्नु नै कठिन प्रक्रियाजस्तो बनेको उनीहरूको गुनासो छ ।
सरकारले प्रशासनिक सुधार र डिजिटल प्रणालीको प्रयोग बढाउने घोषणा गरे पनि व्यवहारमा भने अझै कागजी प्रक्रिया र ढिलासुस्ती कायम रहेको सेवाग्राहीहरू बताउँछन् । चिनजान र सोर्सफोर्स हुनेहरूका लागि प्रवेश सहज हुने तर सामान्य नागरिकले भने लामो समय पर्खिनुपर्ने अवस्था रहेको उनीहरूको अनुभव छ ।
यसरी ‘डिजिटल’ प्रणाली लागू भएको दाबी गरिए पनि सिंहदरबारको गेटमा देखिने भीड र झन्झटले प्रशासनिक सुधारको प्रभावकारितामाथि प्रश्न उठाइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्