Skip to content
LAXMI SUNRISE BANK

सभामुखका लागि रास्वपाका डिपी अर्यालले दिए उम्मेदवारी

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डिपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने छन् ।

समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्माल छन् ।

चैत २२ गते हुने सभामुख पदको निर्वाचनका लागि अर्यालले शुक्रबार (आज) मनोनयन दर्ता गराएका हुन् । २ बजे सभामुखको उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

अर्याललाई रास्वाको बिहीबार बसेको बैठकले सभामुख पदमा अघि सार्ने निर्णय गरेको हो । १ सय ८२ सिटसहित दुई तिहाइ बहुमत नजिक रहेको रास्वपाका अर्याल सभामुख बन्ने निश्चित छ । हाल अर्जुन नरसिंह केसी संसदको अध्यक्षता गर्दै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK