काठमाडौँ । ‘गुण्डा नाइके’ कुमार घैँटे समूहका युवराज गुरुङ पक्राउ परेका छन् । ‘सानुभाइ’ भनेर समेत चिनिने गुरुङलाई प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।
गुण्डागर्दीको आरोपमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका गुरुङलाई यसपटक पनि गुण्डागर्दी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गुरुङ तिनै व्यक्ति हुन् जसलाई नेपाल प्रहरीले २०८० सालमा हतकडी लगाएर ठमेल बजार क्षेत्र घुमाएको थियो । क्लब ओम्नियाका सञ्चालक कुटपिट गरेर अभद्र व्यवहारको कसुरमा पक्राउ परेका गुरुङ पछि १० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
लगत्तै उनी कुटपिट र असुलीमा संलग्न रहेको आरोपमा पक्राउ परेर छुटेका थिए । पछि फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ परेका गुरुङ फेरि छुटेका थिए । त्यसअघि पनि उनी पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्