Skip to content
LAXMI SUNRISE BANK

अबदेखि सेयर बजार हप्ताको ४ दिन खुल्ने !

अर्थ सरोकार

काठमाडौँ । अबदेखि सेयर बजार हप्ताको ४ दिन खुला हुने भएको छ । सरकारले हप्ताको दुई दिन (शनिबारआइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार अब हप्ताको ४ दिन खुल्ने भएको हो । 

हाल सेयर बजार शुक्रबार र शनिबार बन्द हुन्छ । तर, सरकारले आइतबार पनि बिदा दिएसँगै आइतबार पनि सेयर बजार बन्द रहनेछ । 

यसरी यसअघि हप्ताको ५ दिन खुल्दै आएको सेयर बजार आइतबार पनि बन्द हुँदा सेयर बजार ४ दिन मात्र खुला रहने भएको हो । तर, शनिबार र आइतबार बजार बन्द हुने भएसँगै शुक्रबार बजार खोल्ने विषयमा छलफल चलिरहेको नेप्सेका अधिकारीको भनाई छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिले निर्णय गरेर शुक्रबार सेयर बजार खोल्न सक्ने सम्भावना देखिएको नेप्सेका अधिकारीहरुले बताएका छन् । तर, सञ्चालक समितिले शुक्रबार सेयर बजार नखोल्ने निर्णय गरे बजार हप्ताको ४ दिन मात्र खुला रहनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK