काठमाडौँ । आइतबार सेयर लगानीकर्ता र प्रहरीबीच धकेलाधकेल भएको छ । सेयर बजार १०५ अंकले घटेपछि सिंहदरबार पुगेका सेयर लगानीकर्ता र प्रहरीबीच धकेलाधकेल भएको हो ।
बजार घटेर तनावमा परेका सेयर लगानीकर्ताहरु आइतबार दिउँसो आक्रामक शैलीमा सिंहदरबार पुगेका थिए ।
सरकारसँग प्रत्यक्ष वार्ता गर्ने र सेयर बजार सुधारबारे स्पष्ट नीति लिन दबाब दिने भन्दै सिंहदरबार पुगेका लगानीकर्तालाई प्रहरीले सिंहदरबार प्रवेश गर्न नदिएपछि धकेलाधकेलको अवस्था सृजना भएको एक लगानीकर्ताले बताएका छन् ।
सिंहदरबार प्रवेश गर्न खोज्दा रोकिएपछि लगानीकर्ता थप आक्रोशित बनेका थिए । तर, उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गर्न खोजेपछि भीड तितरबितर भएको एक लगानीकर्ताले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्