Skip to content
LAXMI SUNRISE BANK

‘एक्सन’मा उत्रिएको प्रहरीको ‘अपरेशन ड्रप’: यात्रुलाई दुःख दिने र गुण्डागर्दी गर्ने १८ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रहरीले मकवानपुरमा गुण्डागर्दी गर्ने र आपराधिक गतिविधिमा संलग्न १८ जनालाई पक्राउ गरेको छ । पछिल्लो समय निकै सक्रिय बनेको प्रहरीले उनीहरुलाई एक दिनमै पक्राउ गरेको हो ।

मकवानपुरमा चलाइएको ‘अपरेशन ड्रप’ मार्फत उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा यात्रुलाई दुःख दिने, विभिन्न स्थानमा गुण्डागर्दी गर्ने र अन्य आपराधिक गतिविधिमा संलग्नहरु छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

हाल नेपाल प्रहरीले विभिन्न ठाउँमा विभिन्न ‘अपरेशन’ चलाएर गुण्डाराज अन्त्य गर्न र आपराधिक गतिविधि निर्मूल पार्नतर्फ केन्द्रित देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK