Skip to content
LAXMI SUNRISE BANK

नेपालमै पहिलो पटक खुल्यो ‘वाल टायल’ कम्पनी, असारदेखि उत्पादन सुरु !

अर्थ सरोकार

काठमाडौँ । नेपालमै पहिलो पटक ‘वाल टायल’ कम्पनी खुलेको छ । नेपालमा पहिलो ‘फ्लोर टायल’ उत्पादन गर्ने कम्पनी नेपाल सेरामिक्सको लगानीमा ‘वाल टायल’ कम्पनी नेपोभिट सेरामिक्स खुलेको हो ।

नेपालमै पहिलो ‘वाल टायल’ उत्पादन कम्पनी नेपोभिट सेरामिक्सले असारदेखि व्यवसायिक उत्पादन सुरु गर्ने बताइएको छ ।

सिमराको विशेष औद्योगिक क्षेत्रमा स्थापना गरिएको नेपोभिट सेरामिक्समा नेपाल सेरामिक्सको ७५ प्रतिशत लगानी छ भने बाँकी २५ प्रतिशत लगानी वैदेशिक लगानी रहेको छ ।

नेपोभिट सेरामिक्समा ७५ प्रतिशत लगानी रहेको नेपाल सेरामिक्स नेपालकै पहिलो ‘फ्लोर टायर’ उत्पादक कम्पनी हो । यसले चालु आर्थिक वर्षको फागुन महिनासम्म १ अर्ब बढी बिक्री आम्दानी गरेको छ भने १० करोड बढी खुद नाफा कमाएको छ ।

आईपीओ जारी गर्ने प्रक्रियामा रहेको नेपाल सेरामिक्सले माछापुच्छ्रे क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा नियुक्त समेत गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK