Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले घटेर ४७८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४९ हजार ८ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०९८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK