काठमाडौँ । यसवर्ष नेपाली फिल्मले १ अर्ब ८ करोड बढीको व्यापार गरेका छन् । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यसवर्ष (२०८२) मा रिलिज भएका ५६ फिल्मले कुल १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९ सय १० रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।
उक्त व्यापार हुँदा नेपाली फिल्मको कुल ३७ लाख ८१ हजार ५४४ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले जनाएको छ ।
बोर्डका अनुसार यसवर्ष सबैभन्दा धेरै कमाई ‘परान’ले गरेको छ । दीपक आचार्यले निर्देशन गरेको उक्त फिल्मले मात्र १७ करोड ७६ लाख ८४ हजार रुपैयाँ ग्रस कमाएको छ ।
यता चन्द्र पन्तले निर्देशन गरेको ‘आबाट आमा’ले कुल १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ ग्रस कमाएको छ भने सुयोग गुरुङले निर्देशन गरेको ‘जेरी अनटप’ सर्वाधिक कमाउने फिल्मको सूचीमा तेस्रो नम्बरमा छ ।
त्यस्तै, नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’ले ११ करोड ४१ लाख ९२ हजार १ सय ९५ रुपैयाँ कमाएको छ । ‘ऊनको स्वीटर’ पछि सबैभन्दा धेरै उपेन्द्र सुब्बाले निर्देशन गरेको ‘जारी २’ले ६ करोड २४ लाख १७ हजार ४ सय ५३ रुपैयाँ कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्