Skip to content
LAXMI SUNRISE BANK

आवश्यक परे जोर बिजोर प्रणाली लागू गर्ने तयारीमा सरकार !

अर्थ सरोकार

काठमाडौँ । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई ध्यानमा राख्दै सरकारले आवश्यक परे जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आवश्यक परेर सरकारले जोर बिजोर प्रणाली लागू गर्न सक्ने बताएकी हुन् । 

पेट्रोलियम पदार्थको संकटलाई ध्यानमा राख्दै सरकारले हप्ताको दुई दिन (शनिबारआइतबार) बिदा दिने निर्णय गरिसकेको छ । त्यस्तै, उच्च पदस्थ सरकारी पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा पनि भारी कटौती गरिएको छ । 

त्यस्तै, मन्त्री रावलले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको संकट व्यवस्थापनमा सरकारलाई सहयोग गर्न पनि सबैलाई आग्रह गरेकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK