Skip to content
LAXMI SUNRISE BANK

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व संकलन

अर्थ सरोकार

काठमाडौँ । मालपोत कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि फागनु मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व संकलन गरेको जनाएको हो ।
कार्यालय प्रमुख मोहनबहादुर विष्टले सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु एक करोड २६ लाख २३ हजार ७७७ राजस्व संकलन भएको जानकारी दिएका हुन् । यसैगरी पुँजीगत लाभकरतर्फ रु ५७ लाख ३४ हजार ५३६ र विविधतर्फ रु तीन लाख १३ हजार ८६९ राजस्व संकलन भएको उनले बताए ।
राजस्व रकममध्ये पुँजीगत लाभकर सङ्घीय सरकारमा पठाउने प्रावधान छ । त्यसबाहेक पुर्जा धितो, रोक्का, संशोधन, घर कायम, नामसारी विलम्ब शुल्कलगायत शीर्षकको राजस्व रकम प्रदेश सरकारमा पठाउने प्रावधान रहेको कार्यालय प्रमुख विष्टले बताए । संकलित राजस्वमध्ये रजिष्ट्रेसन शुल्कअन्तर्गतको कुल रकमको ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान रहेको छ ।
यहाँ गत आर्वमा विभिन्न राजस्व शीर्षकअन्तर्गत रु दुई करोड ४० राजस्व संकलन भएको थियो । त्यसमध्ये घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट रु एक करोड ४२ लाख २३ हजार, सेवा शुल्कबाट रु ९८ लाख २४ हजार, गुठीबाट उठेको राजस्व रु तीन लाख ६४ हजार र पुँजीगत लाभकरतर्फ रु ८४ लाख २९ हजार रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK