काठमाडौँ । साउनदेखि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाइने भएको छ । सरकारले साउनदेखि ट्रायल पास गरेको २४ घण्टाभित्रै लाइसेन्स पाउने व्यवस्था गर्न लागेको हो ।
हाल झण्डै ३० लाख लाइसेन्स छपाई हुन बाँकी रहेको अवस्थामा सुरुमा उक्त लाइसेन्स छपाई गरेर वितरण गर्ने र त्यसपछि नयाँ लाइसेन्स २४ घण्टाभित्रै वितरण गर्ने व्यवस्था मिलाउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सरकारले हालसम्म छाप्न बाँकी रहेका लाइसेन्स असारभित्र छापिसक्ने जनाएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेपछि हाल लाइसेन्स छपाई कार्यले तिव्रता पाएको छ ।
हाल सरकारले हालसम्म छापिन बाँकी रहेको सबै लाइसेन्स असार महिनाभित्र छापेर वितरण गर्ने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हाल दैनिक ४० हजार लाइसेन्स छपाई भइरहेको छ । यसअघि दैनिक १५ सयदेखि २ हजारप्रति लाइसेन्स मात्र छपाई हुँदै आएको थियो ।
सरकारले लाइसेन्स छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिएको छ । जसअनुसार, केन्द्रबाट १२ लाख लाइसेन्स छपाइ गरेर दिने सम्झौता भएको थियो । हालसम्म केन्द्रले ३ लाख सवारी लाइसेन्स प्रिन्ट गरेर विभागलाई पठाएको छ । बाँकी ४ लाख लाइसेन्स प्रिन्टका लागि विवरण पठाइएको विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्