Skip to content
LAXMI SUNRISE BANK

४५.१२ अंकले बढ्यो नेप्से, ८ अर्ब ३१ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा रिलायन्स स्पिनिङ्ग मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सार्की लागेको छ ।

यता, श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK