Skip to content
LAXMI SUNRISE BANK

एपोलो हाईड्रोको आईपीओ खुल्यो, चैत ३० गतेसम्म आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौँ । एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको छ ।

निष्कासन गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रयोग गरी दिन सकिनेछ ।

कम्पनीका अनुसार आईपीओ छिटोमा चैत ३० गतेसम्म र ढिलोमा वैशाख १० गतेसम्म खुला रहनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK