Skip to content
LAXMI SUNRISE BANK

हाजिरी जमानीमा छुट्दै ओली र लेखक !

अर्थ सरोकार

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा हुने भएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार ओली र लेखकलाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्न लागेको हो । 

ओली र लेखक दुवैलाई खोजी भएको बेला उपस्थित हुनेगरी रिहा गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक उच्च अधिकारीले बताएका छन् ।

उनीहरुलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । जेन-जी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिसका आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । 

उनीहरुलाई तेस्रोपटक म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको थियो । तर, बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चौथो पटक म्याद नथप्न र अनुसन्धान नसकिए हिरासतमुक्त गरेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो । अदालतको सोही आदेश अनुसार ओली र लेखक हाजिरी जमानीमा रिहा हुन लागेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK