काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, एनआईसी एशिया ब्यालेन्सड् फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्