काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रिहा भएका छन् । धितोपत्र सम्बन्धी कसुरमा पक्राउ परेका सिइओ राजकुमार अर्याल जिल्ला सरकारी वकिल कार्यालयको निर्णय अनुसार रिहा भएका हुन् ।
चैत १६ गते काठमाडौँको पुतलीसडकबाट पक्राउ परेका अर्याललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
तर, दोस्रो पटक म्याद थप गर्न जिल्ला सरकारी वकिल कार्यालयले अस्वीकार गरेपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । रिहा भए पनि उनिविरुद्ध अनुसन्धान चलिरहने प्रहरीको भनाई छ ।
उनीमाथि इन्स्योरेन्सले कर्मचारीका लागि छुट्याइएको ४ लाख ८० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेको आरोप छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्