Skip to content
LAXMI SUNRISE BANK

उर्जा संकटः विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्दै बंगलादेश, स्कुलका लागि ईभी बस किन्दा कर नलाग्ने !

अर्थ सरोकार

काठमाडौँ । बङ्गलादेशले मध्यपूर्व युद्धले निम्त्याएको ऊर्जा सङ्कटलाई सम्बोधन गर्न अर्को हप्तादेखि परीक्षणका लागि तीन दिन ‘भर्चुअल’ र तीन दिन भौतिक उपस्थिति रहने एक मिश्रित शिक्षण प्रणाली सुरू गर्ने भएको छ ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्रले आफ्नो आवश्यकताको ९५ प्रतिशत तेल र ग्यास आयात गर्दछ, जसमध्ये अधिकांश मध्य पूर्वबाट आयात हुन्छ । मध्यपूर्वमा हप्तौँको द्वन्द्वपछि आपूर्ति श्रृङ्खला अवरूद्ध गरिएको छ ।

शिक्षामन्त्री एएनएम एहसानुल हक मिलोनले भने, ‘विद्यालयले हप्तामा ५० प्रतिशत कक्षा अनलाइन शिक्षणमा बदल्दा ऊर्जा बचत गर्न मद्दत पुग्नेछ ।’ यसअछि कोभिडकालमा संस्थाहरूले अनलाइन तथा भर्चुअल शिक्षण विधिलाई अभ्यासमा ल्याएका र यो क्षमता अहिले पनि रहेको मिलोनले बताएका छन् ।

‘प्रस्तावित तालिका अनुसार, कक्षाहरू शनिबार, सोमबार र बुधबार भौतिक रूपमा र आइतबार, मङ्गलबार र बिहीबार भर्चुअल कक्षाहरू सञ्चालन हुनेछन् ।’, शिक्षामन्त्री मिलोनले पत्रकार सम्मेलनमा भनेका छन्, ‘यो मिश्रित शिक्षण प्रणाली हो ।’

मिलोनका अनुसार भर्चुअल कक्षाहरू सञ्चालन गर्ने विद्यालयहरूमा प्रतिष्ठित र पर्याप्त विद्यार्थीहरूले अध्ययन गर्ने प्रायः सवारी साधनबाट विद्यालय आउने संस्थाहरूमा मात्र यो प्रणाली लागु गरिने छ । उनले विद्यालयका लागि विद्युतीय बस आयात गर्दा पनि सरकारले करमुक्त गरेको बताएका छन् । सरकारले इन्धन खपत रोक्न धेरै उपायहरू अपनाइसकेको छ । यसका लागि इन्धन खरिदमा सीमा तोक्ने र सरकारी कर्मचारीहरूलाई बत्ती कम खपत गर्ने विद्युत् बचाउन कार्यालयहरूमा एयर कन्डिसन बन्द गर्न आदेश दिएको छ ।

‘मध्यपूर्वमा लामो समयदेखिको द्वन्द्वले उच्च मुद्रास्फीति, बढ्दो ऊर्जा अनुदानका कारण वित्तीय स्थान घट्नु, उच्च आयात लागत हुनु, कमजोर निर्यात र कम विप्रेषणका कारण चालू खाता कमजोर हुने जस्ता बङ्गलादेशमा ठूलो असर पार्न सक्छ ।’, विश्व बैङ्कले बुधबार चेतावनी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK