Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार १३.४६ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा भुजुंग हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, एनआईसी एशिया ब्यालेन्सड् फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK