काठमाडौँ । ‘कन्टेन्ट’का नाममा प्रधानमन्त्रीसहितका नेताहरुलाई गाली गर्ने युट्युबर पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायतका नेताहरुलाई गाली गर्दै अपमानजनक सामाग्री बनाएको आरोपमा पाँचथरका रोशन पोखरेल पक्राउ परेका हुन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भएका पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
पोखरेलले ‘HADES’ नामक युट्युब च्यानल चलाउँदै आएका छन् । उक्त च्यानलमार्फत प्रशारण सामाग्रीका आधारमा पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पोखरेलमाथि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरेर साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्