Skip to content
LAXMI SUNRISE BANK

सोमबार ४.१८ अंकले घट्यो नेप्से परिसूचक, बजार २८३३.६० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ६६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ९३ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK