Skip to content
LAXMI SUNRISE BANK

भृकुटीमण्डपमा स्टलको करोडौँ भाडा उठ्न बाँकी, भाडा नतिर्ने रिपोटर्स क्लबदेखि पत्रकार महासंघमा लगाइयो ताला !

अर्थ सरोकार

काठमाडौँ । समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ र भवनहरूको करोडौँ रुपैयाँ भाडा उठ्न बाँकी रहेको पाइएको छ । परिषद्ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न संघ-संस्था, मिडिया क्लब र राजनीतिक संगठनहरूले लामो समयदेखि भाडा नबुझाई बक्यौता राखेको पाइएको हो ।

सोमबारबाट भाडा नबुझाउने स्टलहरुमा परिषद्ले ताल्चा लगाएको छ । परिषद्को तथ्याङ्कअनुसार सबैभन्दा धेरै बक्यौता राख्नेमा मिडिया र सामाजिक संस्थाहरू अग्रपंक्तिमा देखिएका छन् । 

रिपोर्टर्स क्लब नेपालले स्टल नं. २२ को मात्रै ७३ लाख ४० हजार ९ सय १ रुपैयाँ ७५ पैसा भाडा बुझाउन बाँकी छ । त्यस्तै, नेपाल पत्रकार महासंघको नाममा स्टल नं. ७ को ३३ लाख ७ हजार ४२१ रुपैयाँ ६५ पैसा बक्यौता देखिएको छ । 

राजनीतिक दल निकट संगठनहरूले पनि सरकारी सम्पतीको प्रयोग गरेर भाडा तिर्न अटेरी गरेको पाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्टल नं. ६० र ६१ को भाडा २०७७ साल चैतदेखि नै नबुझाएको परिषद्को विवरणमा उल्लेख छ । राष्ट्रिय अपाङ्ग महासंघले १ करोड १६ लाख ३२ हजार रुपैयाँ तिर्न बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK