
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी को डा.बाबुराम भट्टराई पक्ष, नेकपा (एमाले) का माधव नेपाल पक्षीय सांसदहरुको हस्ताक्षर सहित शिर्ष नेताहरु राष्ट्रपति निवास शितल निवास गएका छन् ।
१४९ जना सांसदहरुको हस्ताक्षरसहित नेताहरु शितल निवास गएको नेपाली कांग्रेसका नेता गगन थापाले बताउनुभयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वरिपरि छलफल भएको भएपनि नेताहरुले यसलाई अझै छलफल गर्दै गएर टुंग्याउने भन्नुभएकोले उहाँहरुले नै टुंग्याउनुहोला नेता थापाले भन्नुभयो ।
उहाँले भन्नुभयो – ‘पार्टीहरुको बिचमा छलफल गरेर एउटा निर्णय गरेर नेताहरु जानुभएको छ । त्यहीँ नै गएर भन्नुहोला । तर १४९ जना सांसदहरुसहितको दाबी गर्ने भन्ने छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्