काठमाडौँ । पर्यटनको राजधानी पोखरामा नेपाली नयाँ वर्षको अवसरमा निःशुल्क सटल बस सेवा सुरु भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु गरिएको हो ।
उक्त सेवाको पोखरा महानगरका प्रमुख धनराज आचार्यले औपचारिक रूपमा सुरुवात गरेका हुन् । पोखरा महानगरपालिकाको पहलमा महानगर यातायात प्रालि, कृषि विकास बैक, कामना सेवा विकास बैकको सहकार्यमा सेवा सुरु गरिएको हो ।
पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग गर्न पाइनेछ । त्यसपछि भने न्यूनतम शुल्कमा नियमित रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ । पोखराका मेयर धनराज आचार्यका अनुसार पोखरामा विमानस्थलदेखि लेकसाइड वा शहरका विभिन्न ठाउँमा जाँदा महँगो ट्याक्सी भाडाको गुनासो बढेपछि यसको विकल्पका रूपमा यो सेवा सुरु गरिएको छ ।
विमानस्थलबाट मुख्य चोक क्षेत्रमा यात्रुलाई ल्याए पछि विभिन्न विकल्पमा आफ्नो गन्तव्यमा पुग्न सकुन भन्ने उद्देश्यले पहिलो चरणमा २ वटा बसबाट उक्त सेवा सञ्चालन हुने भएको आचार्यले बताए । ३२ सिटे इलेक्ट्रिक बस हुनेछ, जसमा आरामदायी यात्रा अनुभवका साथै लगेज राख्ने सुविधा पनि पाइनेछ । बिहान ६ बजेदेखि राति १० बजेसम्म दैनिक दुई वटा बसले निरन्तर सेवा दिने व्यवस्था मिलाइएको छ । पोखरा विमानस्थलमा दैनिक ५ हजार यात्रु ओहोरदोहोर गर्ने गर्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्