काठमाडौँ । सर्वोच्च अदालतले पूर्व उर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले भट्टलाई थुनामै राख्ने आदेश दिएको हो ।
खड्कालाई उनको घरमा बरामद भएको रकमको अनुसन्धानका लागि भन्दै प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते उनको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
आन्दोलनका क्रममा उनको घरमा नेपाली र विदेशी नोटहरु जलेका भिडियो सार्वजनिक भएका थिए । विभागले उनको घरबाट जलेका नोटका टुक्राहरु र खरानी संकलन गरेर समेत अनुसन्धान गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्