काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँका ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो ।
पहिलो चरणमा १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन अवधि वैशाख २२ गतेसम्म रहनेछ, माग नपरेमा वैशाख ३० गतेसम्म लम्बिन सक्नेछ ।
आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने आवेदन मेरो शेयर प्रणाली तथा आस्बा सदस्य बैंकमार्फत दिन सकिनेछ । कम्पनीलाई केयर रेटिङ्गस् नेपाल ले ‘केयरएनपी डबल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम जनाउँछ ।
भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कारखाना चितवनको खैरहनीमा सञ्चालनमा छ । हालसम्म १४ वर्षदेखि पेन्ट उत्पादन गर्दै आएको कम्पनी चालू आर्थिक वर्षको पुस मसान्तसम्म ९० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्