Skip to content
LAXMI SUNRISE BANK

‘गगनसँग ३ अर्ब पैसा छ’ भन्ने कान्छारामलाई काँग्रेसले सोध्यो स्पष्टीकरण

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसले पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ । पार्टी सभापति गगन थापासँग ३ अर्ब रुपैयाँ पैसा रहेको दाबी गरेपछि पार्टीले तामाङलाई तीन दिने स्पष्टीकरण सोधेको हो । 

काँग्रेसले पदीय मर्यादाको समेत ख्याल नगरी कान्छारामले पार्टी सभापतिको विषयमा भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको निष्कर्ष निकालेको छ । 

‘…नेपाली काँग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेस गर्न निर्देशन गर्दछ ।’, विज्ञप्तिमा भनिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK