Skip to content
LAXMI SUNRISE BANK

नेपालमा व्यवसाय विस्तार गर्दै राल्सन टायर, देशका प्रमुख सहरहरूमा डिलरशिप खुला

अर्थ सरोकार

काठमाडौँ । भारतमा उत्पादित प्रख्यात टायर ब्रान्ड राल्सन टायरले नेपालका विभिन्न सहरहरूमा आफ्नो व्यवसाय विस्तार गर्न डिलरशिप आह्वान गरेको छ । ५० वर्षदेखि विश्वासिलो सेवा प्रदान गर्दै आएको यस ब्रान्डले नेपालभर आफ्नो व्यापारिक सञ्जाल बढाउने उद्देश्यका साथ नयाँ डिलरहरूको माग गरेको हो ।

राल्सन टायर विशेषगरी यसको मजबुत निर्माण र उच्च टिकाउपनका लागि विश्वभर परिचित छ जसले गर्दा यो नेपालको जस्तो चुनौतीपूर्ण भौगोलिक अवस्था र कच्ची तथा पक्की दुवै सडकका लागि अत्यन्तै उपयुक्त मानिन्छ । यस टायरमा भारी तौल बहन गर्ने उच्च क्षमता हुनुका साथै लामो माइलेज दिने विशेषता रहेको छ जसले गर्दा व्यावसायिक सवारी साधन धनीहरूलाई यो अत्यन्तै किफायती सावित हुन्छ । यसको बलियो ग्रिप, मजबुत ट्रिड डिजाइन र पन्चर प्रतिरोधात्मक क्षमताले यात्रालाई सुरक्षित र भरपर्दो बनाउन मद्दत गर्दछ ।

कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, पोखरा, नारायणघाट, वीरगन्ज, काठमाडौं, जनकपुर, लहान, विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोड लगायतका प्रमुख सहर तथा क्षेत्रहरूमा डिलरशिपका लागि आवेदन खुला गरिएको छ। इच्छुक स्थानीय व्यवसायीहरूले यी तोकिएका स्थानहरूबाट आधिकारिक डिलर भई काम गर्न सक्नेछन् ।

यस प्रतिष्ठित ब्रान्डसँग जोडिएर आफ्नो व्यवसाय अगाडि बढाउन इच्छुक व्यक्ति तथा संस्थाहरूले कम्पनीको मोबाइल नम्बर ९८०३९३१२१८ मा सिधा सम्पर्क गरी आवेदन प्रक्रियाबारे बुझ्न सक्नेछन् । यसका साथै थप जानकारी तथा सोधपुछका लागि कम्पनीले नेपाल टेलिकमको टोल-फ्री नम्बर १६६००१५५७७७ र एनसेलको हटलाइन नम्बर ९७०७०५३४४२ पनि उपलब्ध गराएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK