काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई दिवसीय तालिम सम्पन्न गरेको छ । लघुवित्तले फिल्ड सहायक कर्मचारीहरूका लागि कर्जा अनुशासन तथा फिल्ड कार्य सम्पादन अभिवृद्धि सम्बन्धि दुई दिवसीय तालिम सम्पन्न गरेको हो ।
तालिममा कोशी प्रदेश कार्यक्षेत्र अन्तर्गतका ६७ वटा शाखा कार्यालयका १५६ जना कर्मचारीहरूको सहभागितामा रहेको थियो । प्रदेश मातहतका हिले, ईटहरी, विराटनगर, उदयपुर, उर्लाबारी, विर्तामोड, ईलाम र फिदिम क्लष्टर कार्यालयहरुले अलग अगल स्थानमा तालिम आयोजना गरिएको थियो ।
तालिमलाई व्यवस्थित बनाउन इटहरी, विराटनगर, दमक, बिर्तामोड, इलाम र लहानमा २/२ दिने आवासीय तालिम आयोजना गरिएको जनशक्ति व्यवस्थापन प्रमुख राजेश श्रेष्ठले जानकारी दिए ।
तालिमको मुख्य उद्देश्य फिल्ड सहायक कर्मचारीहरूको ज्ञान, सीप र व्यवहारमा सुधार ल्याई कर्जा असुली, भाखा नाघेको कर्जा व्यवस्थापन, केन्द्र बैठक सञ्चालनको गुणस्तर, ग्राहक सम्बन्ध व्यवस्थापन तथा संस्थाले जारी गरेका नीति–निर्देशनहरूको प्रभावकारी कार्यान्वयनमा व्यावहारिक दक्षता अभिवृद्धि गर्नु रहेको थियो । तालिममा श्रोत व्यक्तिहरुको रुपमा दिनेश कटुवाल र राजु श्रेष्ठ, विर्ख बहादुर बोहोरा र शम्भु घिसिङ्ग तथा रघुनाथ सुवेदी र घनश्याम चौधरीको टिमले सहजीकरण गरेका थिए ।
तालिमबाट संस्थाको सेवा प्रवाहको गुणस्तर सुधार गर्ने, कर्जा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने तथा ग्राहक सेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्य राखि संस्थाकोे कार्यक्षेत्र रहेका सातै प्रदेशमा फिल्ड सहायक कर्मचारीहरुलाई लक्षित गरी तालिम संचालन भइरहेको प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद पौडेलले जानकारी दिए ।
राष्ट्रिय स्तरमा सञ्चालनमा रहेको यस नेरुडे मिर्मिरे लघुवित्त संस्थाले हाल ६१ जिल्लामा २२५ शाखा कार्यालयमार्फत ३ लाख १४ हाजर बढि ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्