काठमाडौँ । गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ बराबरको गाडी किन्ने भएको छ । प्रदेश सरकारले संसद सचिवालयका लागि ४ करोड रुपैयाँ बराबरको गाडी किन्ने भएको हो ।
गाडी किन्नेबारे प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बैशाख ९ गते निर्णय गरेको छ ।
गाडी खरिदका लागि प्रदेश सरकारले ४ करोड रुपैयाँको सैद्धान्तिक सहमति दिएको थियो । मन्त्रिपरिषद् बैठकको निर्णयपछि हाल इलेक्ट्रिक गाडी खरिद गर्नेबारे छलफल भइरहेको अर्थमन्त्री जीत बहादुर शेरचनले बताएका छन् ।
भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सभामुख, उपसभामुखसहित संसद सचिवालयका ४ वटा चार पाँग्रे गाडी जलेका थिए ।
गाडी खरिद गर्नेसँगै मन्त्रिपरिषदको बैठकले जेन-जी आन्दोलनका क्रममा जलेका १ सय १४ सवारी साधन लिलाम गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, बैठकले ५ करोड रुपैयाँको आपतकालीन स्वास्थ्य सेवा कोष स्थापना गर्ने पनि निर्णय गरेको छ । संक्रामक तथा सरुवा रोग व्यवस्थापनका लागि कोष निर्माण गर्न लागिएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्