काठमाडौँ । चितवनका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकसंगको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुधार गर्न निर्देशन दिएका छन् । स्वास्थ्य संस्थामा आएका बिरामीहरुलाई चिकित्सकहरुले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि उनले निर्देशन दिएका हुन् ।
चिकित्सकहरुको व्यवहार राम्रो नभएको, डायलासिस लगायतका सेवा दर्ता नगरी दिएको, एम्बुलेन्सहरुले बिरामी ल्याएबापत कमिसन दिने गरेको, अस्पतालजन्य फोहोर व्यवस्थित नगरिएको उनको भनाइ थियो । उनले भने, ‘बिरामीको मृत्यु हुँदा आँसु झार्नु भनेको होइन, तर चिकित्सक संवेदनशील हुनै पर्छ ।’
अस्पतालहरुले बीमा र नगदका बिरामीलाई फरक व्यवहार गरेको, अनावश्यक परीक्षणहरु गर्ने गरेको, विपन्नको उपचार प्रबन्ध राम्रो नभएको, ज्येष्ठ नागरिकले छुट नपाएको उनले बताए ।
अस्पतालहरुको सेवाको गुणस्तर राम्रो नभएको भन्दै उनले भने, ‘गुणस्तरका व्यवहार र शैली परिवर्तन गर्नुपर्छ ।’ जिल्ला प्रशासन कार्यालय चितवन र जनस्वास्थ्य कार्यालयले यहाँ आयोजना गरेको ‘जिल्लामा नागरिक स्वास्थ्य सेवा विषयक परामर्श’मा उनले अस्पतालका व्यवस्थापक र सञ्चालकहरुको कुरा सुनेपछि निर्देशन दिएका छन् ।
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालका समस्याहरु, कमजोरीहरु र अब सुधार्नुपर्ने विषयमा प्रस्तुति दिएका थिए । पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवामा व्यापक सुधार गरिएको भन्दै उनले विगतमा बिरामीले चिकित्सक खोज्नुपर्ने अवस्था रहेकामा अहिले चिकित्सकले अस्पतालमा बिरामी खोज्ने गरेको बताएका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा धेरै सुधार भएको भन्दै तथ्याङ्कले त्यो कुरा पुष्टि गर्ने बताए । उनले अझै धेरै सुधार गर्नुपर्ने भन्दै सरकारले दिनुपर्ने विपन्न र बीमाको भुक्तानी समयमा दिएमा अस्पताल सुधार गर्न सहज हुने बताएका छन् ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले ऐनका बारेमा जानकारी गराउँदै तत्अनुसार काम हुन नसकेको उल्लेख गरेका छन् । निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारीले निजी क्षेत्रले स्वास्थ्य ठूलो लगानी गरेको भए पनि राज्यका तर्फबाट सम्बोधन गर्नुपर्नेमा ध्यान नदिइएको बताएका छन् । कार्यक्रममा निजी अस्पताल र क्लिनिकहरुका सञ्चालकहरुले आफ्ना गुनासाहरु राखेका थिए । यस्तै यातायात व्यवसायीहरुले स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नुपर्ने सुझाव दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्