Skip to content
LAXMI SUNRISE BANK

बस्ती भत्काएपछि सुरु भयो ‘सुकुम्बासी अपार्टमेन्ट’को सरसफाई, त्यहीँ राख्ने तयारी ! (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको नागार्जुन-१ स्थित ‘सुकुम्बासी अपार्टमेन्ट’मा सरसफाई तथा मर्मतको काम सुरु भएको छ । नदी किनारका सुकुम्बासी बस्ती भत्काइएपछि सुकुम्बासीलाई राख्ने भनिएको उक्त ‘अपार्टमेन्ट’ मर्मत तथा सरसफाई गर्न सुरु गरिएको हो ।

यहीबीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले उक्त ‘अपार्टमेन्ट’को अवलोकन गरेकी छिन् ।

उक्त ‘अपार्टमेन्ट’को सरसफाई र मर्मतपछि बागमती र मनोहरा नदी किनारका सुकुम्बासीलाई सोही ‘अपार्टमेन्ट’मा राख्ने सरकारको तयारी छ । सुकुम्बासीलाई त्यहाँ राखिने भएसँगै ‘अपार्टमेन्ट’ सरसफाईको काम तिव्र पारिएको छ ।

उक्त ‘अपार्टमेन्ट’ तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ सालमा सुकुम्बासीको व्यवस्थापका लागि भन्दै १२ करोड रुपैयाँ खर्चमा निर्माण गर्न लगाएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK