Skip to content
LAXMI SUNRISE BANK

१ महिनामै छापियो ११ लाख लाइसेन्स, बाँकी लाइसेन्स असारभित्रै छापिने ! 

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो एक महिनामै ११ लाख सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापिएका छन् । लाइसेन्स प्रिन्ट सुरु गरेको पहिलो ५ महिनामा १ लाख मात्र लाइसेन्स छापेको सुरक्षण मुद्रण केन्द्रले पछिल्लो एक महिनामै ११ लाख लाइसेन्स छापेको हो । 

यसो त सुरक्षण मुद्रण केन्द्रसँग यातायात व्यवस्था विभागले ६ महिनामा १२ लाख लाइसेन्स छाप्ने गरी सम्झौता गरेको थियो । 

सम्झौता अनुसार सबै लाइसेन्स छापिसकेको उल्लेख गर्दै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले हाल छपाई भएका लाइसेन्सको प्याकिङ गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार प्रिन्ट भइसकेका लाइसेन्सको विवरण पनि वेबसाइटमा छिट्टै अपडेट गरिनेछ ।

ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट गर्ने सरकारी नीति अनुसार तिव्र पारिएको लाइसेन्स प्रिन्टको काम अन्तर्गत छाप्न बाँकी अरु लाइसेन्स पनि असार मसान्तभित्र छापिसक्ने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK