Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको खुद नाफा ५०.४३ प्रतिशतले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५०.४३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले कुल १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशत बढेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६.६४ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८१ पैसा छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ १४ पैसा बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा छ ।

३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी १५ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK