काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय दिपक कुमार जयसवाल र ३५ वर्षीय मोहन कुमार थापा रहेका छन् ।
उनीहरु दुवै जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका जयसवालले बेलायत पठाउने भन्दै एक लाख ५० हजार रुपैयाँ र थापाले बुल्गेरिया पठाउने भन्दै १६ लाख रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्