Skip to content
LAXMI SUNRISE BANK

पूर्वअर्थमन्त्री पौडेलले भने- ‘हार स्वीकार्छौं, पार्टीलाई नयाँ सिराबाट पुर्नगठन गर्छौं’

अर्थ सरोकार

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई नयाँ सिराबाट पुर्नगठन गर्ने बताएका छन् । २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उनले यस्तो बताएका छन् ।

उनले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको नतिजालाई गम्भीर धक्काका रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने घोषणा गरेका छन् ।

उपाध्यक्ष पौडेलले फागुन २१ गतेको निर्वाचन नतिजालाई लिएर पार्टीभित्र गम्भीर समीक्षा हुने पनि बताएका छन् । विगत १० वर्षमा एमालेले दुई तिहाइ नजिकको सरकार बनाउने जस्ता ठूला सफलता प्राप्त गरे पनि अहिलेको पराजयले नयाँ चुनौती खडा गरेको उल्लेख पौडेलले उल्लेख गरेका छन् ।

आगामी दिनमा ‘जनताको बहुदलीय जनवाद’ को मार्गनिर्देशनमा रहेर पार्टीको नीति र विचारलाई अद्यावधिक गरिने उनको भनाई छ । निराशा र पलायन समस्याको समाधान नभएको भन्दै उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ सङ्गठन निर्माणमा जुट्न आह्वान गरेका छन् ।

त्यस्तै, वर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अध्यादेशको बाटो रोजेको भन्दै उनले त्यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK