Skip to content
LAXMI SUNRISE BANK

विदेशको सपना देखाएर लाखौँ ठग्ने तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षीय ज्वाला कुमारी चन्द, ३९ वर्षीय भिम कुमारी गुरुङ र ३७ वर्षीय भगवान राज मल्ल ठकुरी रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । विदेश पठाउने भन्दै पीडितबाट रकम उठाएर सम्पर्क विहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए ।

सोहि उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चन्दले अजरबैजान पठाउने भन्दै ३ लाख ३४ हजार, गुरुङले हङकङ पठाउने भन्दै ५ लाख र ठकुरीले बेलायत पठाउने भन्दै एक लाख २० हजार रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK