Skip to content
LAXMI SUNRISE BANK

स्लोभाकिया पठाउने भन्दै ३ लाख ७५ हजार ठग्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर ३ लाख ७५ हजार रुपैयाँ ठगी गर्ने ४५ वर्षीय हिमहरी अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

पाल्पाको रैनादेवी गाउँपालिका वडा नं. ६ घर भएका अर्याललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं.  ११ बाट पक्राउ गरेको हो ।

उनले ५ जनाबाट रकम ठगी गरेको पाइएको छ । विदेश पठाउने भन्दै रकम माग्ने र रकम पाइसके पछि सम्पर्क विहिन भएको भन्दै पीडितले उजुरी दिएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल भने उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK