Skip to content
LAXMI SUNRISE BANK

महावीर पुनले भने- ‘सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नुपर्छ, कुविद्वानहरु किचकिच नगरौँ’

अर्थ सरोकार

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले सरकारले अध्यादेश ल्याएर भए पनि काम गर्नुपर्ने बताएका छन् । अध्यादेशबारे विपक्षी दलहरुले चर्को विरोध गरिरहेका बेला सांसद पुनले भने अध्यादेश ल्याएरै भए पनि सरकारले काम गर्नुपर्ने फरक मत राखेका हुन् । 

सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गर्दै पुनले जनतालाई फाइदा हुने काम गर्न खोज्दा मन्त्रालयले ‘ऐन कानून छैन’ भन्दै अल्झाउने गरेको भन्दै अध्यादेश ल्याएर भए पनि काम गर्नुपर्ने बताएका छन् ।

‘सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ । कुविद्वानहरुले किचकिच नगरौँ ।’, पुनले लेखेका छन्, ‘मैले धेरै वर्ष अगाडीदेखि जनतालाई फाइदा हुने कामहरु गर्न खोज्दा मन्त्रालयले ऐन कानून नै छैन भनेर अल्झाउँदा धेरै दुःख पाएको भुक्तभोगी म हूँ ।’

त्यस्तै, उनले आफू शिक्षामन्त्री हुँदा आफूले ल्याउन खोजेका तीनवटा अध्यादेशहरु ल्याउन धेरै प्रयास गर्दा पनि सफल हुन नदिएकै कारण चुनाव लड्नुपरेको पनि उल्लेख गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK