काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्यालले राजीनामा दिएका छन् । उपकुलपति अर्यालले प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र पठाएका हुन् ।
अर्यालसँगै त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्क केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका छन् ।
उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई सहयोग गर्न राजीनामा दिएको बताएका छन् । उनीहरुले कुलपति तथा प्रधानमन्त्रीको निजी सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि राजीनामा पठाएका छन् ।
अर्याल केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए भने केसी र रिजाल पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए ।
यसो त रास्वपाले यसअघि नै राजनीतिक नियुक्ति पाएकाहरुलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । रास्वपाको आग्रहपछि केहीले तत्काल राजीनामा दिएका थिए भने केही भने अटेर गर्दै पदमै थिए । तर, सरकारले अध्यादेश ल्याएरै भए पनि हटाउने तयारी गरेपछि राजनीतिक नियुक्ति पाएकाहरुले धमाधम राजीनामा दिइरहेका छन् । त्यहीबीच त्रिविका ३ पदाधिकारीले पनि राजीनामा दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्