
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमै पहिलो पटक निश्चित् आम्दानी हुने उपकरणहरुमा लगानी गर्ने मुख्य उद्देश्यका साथ संचालित एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ । हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा दिन प्रतिदिन फैलिरहेको र उक्त संक्रमणलाई रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा उक्त योजनाको इकाई लगानीकर्ताहरुले सहजै रुपमा खरिद गर्ने अवसर प्राप्त होस भन्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले अनलाईन मार्फत एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाएको हो ।
अनलाईनमार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://nicddf.nicasiacapital.com/ मा क्लिक गरि unit purchase भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ । हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एनआईसी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेटमार्फत गर्न सकिने छ । यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा क्यापिटलको आधिकारीक मोवाईल नं. ९८५११२१९६४ मा सोझै सम्पर्क गर्न सक्ने पनि क्यापिटलले भनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्