Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको अध्यक्षका लागि शिव चन्द्रले दिए आवेदन

अर्थ सरोकार

काठमाडौँ । सेयर विश्लेषक शिव चन्द्र अर्थात पुरुषोत्तमराज चिमोरियाले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका छन् । उनले सोमबार अर्थ मन्त्रालय पुगेर बोर्डको अध्यक्षका लागि आवेदन दिएका हुन् ।

एशियन क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रुपमा करिब ७ वर्ष जिम्मेवारी सम्हालेका उनले दुई दशक भन्दा बढी समय सेयर बजारमा व्यतित गरेका छन् ।

सेयर बजारमा लगानी गर्ने मात्र होइन, उनी सेयर बजारलाई नजिकबाट अध्ययन गरेका र बुझेका लगानीकर्ता समेत हुन् । उनी सेयर लगानीकर्तामाझ रुचाइएका पात्र हुन् ।

सामाजिक सञ्जालमा ‘शिव चन्द्र डन’ को नामले चर्चित उनले सेयर बजार र अर्थतन्त्र सुधारका विषयमा आवाज उठाउँदै आएका छन् । त्यसैमाथि सेयर बजारलाई बुझेका लगानीकर्तासमेत रहेका शिव चन्द्रले बोर्ड अध्यक्षका लागि आवेदन दिएपछि सेयर लगानीकर्ताहरुसमेत उत्साहित बनेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK